site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
धनगढी बन्यो प्लेअफ पुग्ने दोस्रो टिम, काठमाडौंको सम्भावना कायमै

काठमाडौं । आत्मघाती गोल निर्णायक बनेपछि झापा एफसीविरुद्ध १–० को साँघुरो जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

प्लेअफमा स्थान बनाउने धनगढी दोस्रो टोली हो । यसअघि साविक विजेता ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनाइसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६१औँ मिनेटमा झापाका दिपेश धिमालबाट आत्मघाती गोल हुन पुगेको थियो । यही गोल खेलमा निर्णायक बन्यो । सर्जियो बार्बोजाको क्रसमा अहमद हिजाजीको प्रहारले दिपेशको खुट्टामा लाग्दै जाली चुमेको थियो ।

जितसँगै पाँच खेलमा ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ  । पहिलो हार बेहोरेको झापा पाँच खेलबाट चार अंकका साथ छैटौँ स्थानमा छ । यससँगै झापाको प्ले अफ सम्भावन निकै कमजोर बनेको छ ।

आइतबारकै पहिलो खेलमा एफसी चितवनविरुद्ध २–० को जित निकालेसँगै काठमाडौं रेजर्सले पनि प्लेअफ पुग्ने गणितीय सम्भावनालाई कायम राखेको छ ।

खेलको ३२औँ मिनेटमा बुकारी मानेको गोलमार्फत काठमाडौंले अग्रता लिएको थियो । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ५५औँ मिनेटमा युसुफ मलिकले दोहोरो पहेलो कार्डपछि रातो कार्ड बेहोर्दै मैदान छाडेपछि चितवन १० खेलाडीमा समेटिएको थियो ।

अमडोउ डियोपले ७१औँ मिनेटमा गोल गर्दै काठमाडौंको जित पक्का गरे । जितसँगै काठमाडौंले ६ खेलबाट आठ अंक जोडेको छ । लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको चितवनको भने सात अंक छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro