site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा, बाहिरियो डर्टमन्ड

काठमाडौं । दोस्रो लेगमा बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को हारका बावजुद समग्रमा ५–३ को जित निकाल्दै स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । 

बार्सिलोनाले सन् २०१९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । उक्त संस्करणमा बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग समग्रमा ४–३ ले पराजित भएको थियो ।

मंगलबार राति डर्टमन्डको मैदानमा सम्पन्न दोस्रो लेगमा घरेलु टिमलाई जित दिलाउन सेर्होउ गुइरासीले ह्याट्रिक गरे । तर, पहिलो लेगमा व्यहोरेको ४–० को हारका कारण डर्टमन्डले सेमिफाइनल यात्रा भने तय गर्न सकेन । बार्सिलोनाले डर्टमन्डकै खेलाडीबाट एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलको ११औँ मिनेटमा गुइरासीले पेनाल्टी सदुपयोग गरेपछि डर्टमन्डले अग्रता बनाएको थियो । जसलाई उनैले ४९औँ मिनेटमा दोब्बर बनाए । ५४औँ मिनेटमा रामी बेन्सेबाइनीबाट आत्मघाति गोल भएपछि बार्सिलोनाले डर्टमन्डको अग्रतालाई २–१ मा झारेको थियो । ७६औँ मिनेटमा गुइरासीले ह्याट्रिक गरे पनि त्यसपछि थप गोल नहुँदा बार्सिलोना सेमिफाइनल प्रवेश गरेको हो । 

लिगको फाइनलमा पुग्न बार्सिलोनाले अब इन्टर मिलान र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले आज राति बायर्नलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro