site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुटवल लुम्बिनीलाई हराउँदै पोखरा प्लेअफमा

काठमाडौं । बुटवल लुम्बिनी एफसीविरुद्ध २–० को जित निकाल्दै पोखरा थन्डर्स एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान पक्का गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा पोखरालाई जित दिलाउन आयुश घलान र विलियम बियासीले गोल गरे ।

खेलको १०औँ मिनेटमा आयुशको गोलमार्फत पोखराले अग्रता लिएको थियो । समीर तामाङको क्रसलाई बक्सभित्र कुनै निगरानीमा नरहेका आयुशले हेडमार्फत सहजै जाली चुमाए । बियासीले ५९औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले नवयुग श्रेष्ठको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको पोखरा तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ हारसँगै समान खेलबाट एक अंक मात्र जोडेको बुटवल पुछारमा रह्यो ।

पोखराको यो जितसँगै झापाको प्लेअफ सम्भावना समाप्त भएको छ । अब काठमाडौं रेजर्स र एफसी चितवनमध्ये एकले प्ले अफमा स्थान बनाउने छन् ।

पोखरा प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली हो । यसअघि साविक विजेता ललितपुर सिटी र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro