
काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाविरुद्ध समग्रमा ५–४ को रोमाञ्चक जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति घरेलु मैदान भिल्ला पार्कमा सम्पन्न दोस्रो लेगमा फ्रेन्च क्लबविरुद्ध ३–२ को पुनरागमन जित निकाले पनि एस्टन भिल्लाले आगामी यात्रा तय गर्न सकेन ।
घरेलु टिमका योरी टेलेमान्स, जोन म्याकगिन र एज्री कोन्साले गोल गरेका थिए । पाहुना टिमका अकरफ हाकिमी र नुनो मेन्डिसले पहिलो हाफमै गोल गरेका थिए ।
११औँ मिनेटमा हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । २७औँ मिनेटमा मेन्डेसले पाहुना टिमको अग्रता दोब्बर बनाए । तर, यसपछि लगातार तीन गोल गर्दै एस्टन भिल्लाले खेल रोमाञ्चक बनाएको थियो ।
३४औँ मिनेटमा टेलेमान्सको गोलमा भिल्ला २–१ को स्थितीमा आयो । ५५औँ मिनेटमा म्याकगिनले गोल गर्दै भिल्लालाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि कोन्साले गोल गर्दै दोस्रो लेगमा जित सुनिश्चित गराए पनि आफ्नो टिमलाई बाहिरिनबाट बचाउन सकेनन् ।
पीएसजीले अब सेमिफाइनलमा रियाल मड्रिड र आर्सनलबीचको विजेतासँग खेल्नेछ । रियालले आज राति सान्टियागो बर्नबेउमा आर्सनललाई आतिथ्यता प्रदान गर्दै छ ।