site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुवेतविरुद्धको जितमा नेपाली टिमले बनाएका तीन कीर्तिमान

काठमाडौं । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली टिमले कुवेतविरुद्ध कीर्तिमानी जित निकालेको छ । 

हङकङको मोङ ककमा भएको खेलमा कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपाली टिमले १८.५ ओभरमा चार विकेट गुमाएर भेटायो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टिमले भेटाएको यो सबैभन्दा ठूलो लक्ष्य हो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाए । भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्कासहित ८१ रन बनाए । यस्तै, आसिफ शेखले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन जोडे ।

यी दुईले पहिलो विकेटका निम्ति १२७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमले पहिलो विकेटका निम्ति गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारीसमेत हो ।

यसबाहेक, दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्कासहित ३१ रन थपे । यस खेलसँगै दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा लामो इनिङसम्म ‘डक’ नहुने खेलाडी बने । उनी ६६ खेलसम्म ‘डक’ भएका छैनन् । यसअघि, यो कीर्तिमान वेस्ट इन्डिजका मार्लोन नाथालियन स्यामुएल्सको नाममा थियो । उनी ६५ इनिङसम्म ‘डक’ भएका थिएनन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८५ रनको योगफल खडा गरेको थियो । 

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि, पहिलो खेलमा कतारविरुद्ध आठ विकेटको जित निकालेको नेपालले अब लिग चरणको अन्तिम खेलमा शनिबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro