site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बोरुसियाविरुद्ध बार्सिलोनाको रवाफ, लेवान्डोवस्कीको दुई गोल

काठमाडौं । क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन प्रतिद्वन्दी बोरुसिया डर्टमन्डविरुद्ध ४–० को जित निकालेसँगै स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे । राफिन्हा र लामिन यमलले समान एक गोल थपे । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको हो ।

खेलको २५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा राफिन्हाको यो १२औँ गोल हो । योसँगै राफिन्हा च्याम्पियन्स लिगको एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । 

राफिन्हाले दिलाएको यो अग्रतालाई ४८औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले हेडर गोलमार्फत दोब्बर बनाए । ६६औँ मिनेटमा लेवान्डोवस्कीले दोस्रो गोल गर्दा बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्‍यायो । प्रतियोगितामा लेवान्डोवस्कीको यो ११औँ गोल हो । 

७७औँ मिनेटमा यमलले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखे । च्याम्पियन्स लिगको १०औँ खेलमा यमलको यो चौथो गोल हो । यसपछि थप गोल नहुँदा बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

अब यी दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा डर्टमन्डको मैदानमा हुनेछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेलमा बार्सिलोनाले ३–२ को जित निकालेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro