site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गण्डकी र हिमालयनको लगातार दोस्रो जित

काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को बुधबारको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी पाँचौँ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले पराजित गरेको हो ।

त्यसैगरी हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । गण्डकी र हिमालयन यी दुवै टोलीको यो लगातार दोस्रो जित हो ।

ग्रेट हिमालयसँगको खेलमा जितका लागि १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा बिनाविकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।

समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान चार अंक रहेको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार यी दुई टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धामा छन् । विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद ३० हजार रुपैयाँ, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद १० हजार रुपैयाँ र ‘म्यान अफ दि म्याच’ले नगद पाँच हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro