site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल एनपीजीए म्याच–प्ले : उपाधिका लागि नीरज र धन भिड्ने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच–प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर नीरज तामाङ र धनबहादुर थापा भिड्ने भएका छन् । उपाधिको लागि नीरज र धनबीच बिहीबार ३६ होलको प्रतिस्पर्धा हुनेछ ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा वरीयताको दोस्रो स्थानमा रहेका नीरजले डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलाई ३/२ ले हराउँदै फाइनलमा स्थान बनाए । यसअघि नीरजले बुधबार भएको क्वार्टरफाइनल खेलमा रामे मगरलाई ३/२ ले हराएका थिए ।

दिनेशले भने क्वाटरफाइनलमा ११औँ वरीयताका अनुभवी तोरणविक्रम शाहीलाई १८औँ होलमा माथ दिएका थिए । तर, सेमिफाइनलमा नीरजसँगको हारपछि उनले तेस्रो स्थानको लागि खेल्नेछन् ।

दोस्रो सेमिफाइनल खेलमा आठौँ वरीयताका धनबहादुर थापाले चौथो वरीयताका रवि खड्कालाई ३/२ को नतिजामा माथ दिए । धनले बुधबारै भएको क्वार्टरफाइनलमा अप्रत्याशित नतिजा निकाल्दै नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीलाई १९औँ होलमा हराएका थिए । 

१८ होलसम्म खेल बराबरीमा सकिएपछि पहिलो एक्स्ट्रा होलमा धनले जित निकालेका हुन् । यसअघि क्वार्टरफाइनलमा रविले भने प्रदीपकुमार लामालाई ३/२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । रवि र भुवनले बिहीबार तेस्रो स्थानको लागि खेल्नेछन् ।

सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी दुई लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro