site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
धनगढी र पोखराले अंक बाँडे

काठमाडौं । धनगढी एफसी र पोखरा थन्डर्स एफसीलेले नेपाल सुपर लिग (एनएसएल)मा बुधबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजासँगै धनगढीको तीन खेलबाट पाँच अंक पुगेको छ । पोखराको पनि चार खेलबाट चार अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खे्लको आठौँ मिनेटमा सुरज ठकुरीको क्रसमा समीर तामाङको हेडर क्रसबार नजिकैबाट बाहिँरदा पोखराले अग्रता लिन सकेन ।

सर्जियो बार्बाजोले ३५औँ मिनेटमा पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे।

प्रिसो ४३औँ मिनेटमा पनि बाधक बने । रनदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईको प्रहारलाई प्रिसोले गोलमा परिणत हुन दिएनन् ।

अहमद हिजाजी वान भर्सेस वानमा चुक्दा धनगढीले ८०औँ मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो । उनको प्रहारलाई गोलपिकर प्रिसोले बचाइदिए ।

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro