site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिवि क्रिकेट मैदानको काम २५ प्रतिशत सम्पन्न, निर्धारित समयमै सकिएला ?

काठमाडौं । त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न भएको छ । सरकारले गत असार ३१ गते गरेको निर्णयानुसार पहिलो चरणमा प्यारापिट र फ्लडलाइट निमार्णको काम भइरहेको छ ।

त्रिवि क्रिकेट रंगशालाको जिम्मेवारीमा रहेका संघीय सचिवालय निमार्ण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

“अहिले फाउन्डेसनको काम भइरहेको छ, यसैकारण यसमा अलि धेरै समय लागेको हो । अहिलेसम्म २५ प्रतिशतभन्दा धेरै काम भएको छ । प्यारापिटतर्फ करिब आठ करोड भुक्तानी भएको छ । अहिले करिब ६ करोडको बिल पेस भएको छ, जुन भुक्तानीको प्रक्रियामा छ । फ्लडलाइटतर्फ सात करोड ९६ लाख खर्च भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

TU-Cricket-Ground-(4)-1744185528.jpg
उनले अगाडि भने, “हाम्रो लक्ष्य तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने हो । अहिलेसम्म साइटमा त्यस्तो कठिन अवरोध पनि आएको छ । फाउन्डेसनको काम सकिएपछि प्यारापिटमा धेरै समय नलाग्ने हाम्रो अनुमान छ । फ्लडलाइटतर्फ पनि बेस बनाउने काम भइरहेको छ ।”

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको मैदानलाई रंगशालामा परिणत गर्न सहरी विकास मन्त्रालयले गएको फागुन १९ गते प्यारापिटतर्फ तीन कम्पनीसँग र फागुन २२ गते फ्लडलाइटका निम्ति एक कम्पनीसँग सम्झौता गरेको थियो । जसअनुसार, मन्त्रालयले प्यारापिटका निम्ति बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्ससँग सम्झौता गरेको थियो । यस्तै, फ्लडलाइटका निम्ति विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो ।

TU-Cricket-Ground-(5)-1744185528.jpg
रंगशाला निर्माणको पहिलो चरणमा प्यारापिटतर्फ चेन्जिङ रुम, भीआईपी बक्सलगायत संरचना समावेश छैन । प्यारापिट र फ्लडलाइट दुवै निर्माण कार्य आउँदो वैशाख २४ गतेसम्म सकाउनुपर्ने समयासीमा छ । तोकिएको अवधिमा काम भए प्रधानमन्त्री ओलीले घोषणा गरेझैँ यो ३०० दिनभित्रै सम्पन्न हुनेछ । असार ३१ गतेको घोषणादेखि सम्पन्न हुनुपर्ने मितिसम्म कुल २९५ दिन हुनेछ ।

TU-Cricket-Ground-(6)-1744185528.jpg

 

 

 

TU-Cricket-Ground-(3)-1744185527.jpg

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro