site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टरविरुद्ध बायर्न घरमै निराश 

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु टोली बायर्न म्युनिखविरुद्ध इटालियन टोली इन्टर मिलानले जित निकालेको छ ।

मंगलबार राति जर्मनीको एलिएन्ज रंगशालामा सम्पन्न खेलमा इन्टरले २–१ को जित निकालेको हो । इन्टरको जितमा अर्जेन्टिनी स्टार लौटारो मार्टिनेज र डेभिड फ्राटेसीले गोल गरे । बायर्नको लािग थोमस मुलरले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

७५ हजार समर्थकमाझ पहिलो लेगको ३८औँ मिनेटमा मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए । मुलरले ८५औँ मिनेटमा बराबरी गोल गरेका हुन् । तर, त्यसको तीन मिनेटमै फ्राटेसीले गोल गर्दै इन्टरको जित सुनिश्चित गरेका हुन् ।

अब, दोस्रो खेल इन्टरको घरमा हुनेछ । बायर्न सेमिफाइनलमा पुग्न कम्तिमा २–१ को जित निकाल्नै पर्ने हुन्छ । यो खेल अप्रिल १७ मा हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro