
काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए ।
मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि दुई विकेटको जित हासिल गरेको छ । १६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा आठ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल गर्यो ।
हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिदै क्याच आउट भए । खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए । सोनु देवकोटा ३६ रनमा नटआउट रहे । प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट रहे ।
ग्रेट हिमालयका सन्दीप पराजुली, किरण बुढायर र इशान पाण्डेले दुई–दुई तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले समान विकेट लिए ।
त्यसअघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा नौ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।
हिमालयका अभिषेक थापा ४२ रनमा नट आउट रहे । ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए । कृष कार्की १६ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १७ रनमा क्याच आउट भए । अशोक पौडेल ३७ रन बनाउदै क्याच आउट भए ।
हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसी, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान दुई विकेट लिए । दिपक चन्दले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए ।
दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि चार विकेटको जित हासिल गरेको छ । १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पूरा गर्यो ।
ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ३७ रनको योगदान दिदैँ बोल्ड आउट भए । दिपक डुम्रे १८ रनमा बोल्ड भए ।
चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधिक तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवन क्रिकेट क्लबले २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
ओपनर आसुतोस घिरैया १६ रनमा रनआउट भए । गोविन्द विक १२ रनमा रनआउट भए । विवेश रानामगर १६ रनमा क्याचआउट भए । प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए । गौतम केसी १२ रनमा एलबीडब्लू आउट भए ।
गण्डकी हिरोजका सुदिप अर्यालले दुई तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १/१ विकेट लिए ।
खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित भए ।