site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेंगलुरुको तेस्रो जित, मुम्बईको खराब लय यथावत्

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकाल्ने क्रममा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ ।  

सोमबार राति सम्पन्न खेलमा बेंगलुरुले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर २०९ रनमात्र बनायो । 

मुम्बईका तिलकले २९ बलमा समान चार चौका र छक्कासहित सर्वाधिक ५६ रन बनाए । हार्दिकले १५ बलमा तीन चौका र चार छक्कासहित ४२ रन बनाएका हुन् ।

विल ज्याकले २२ रन थपे । रोहित शर्मा र र्यान रिकेलटोनले समान १७ रन बनाए । 

मुम्बईविरुद्ध बेंगलुरुका क्रुनाल पाण्ड्याले सर्वाधिक चार विकेट लिए । यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो । भुवनेश्वर कुमारले एक विकेट हात पारे । 

त्यसअघि, टस हारेर पहिला ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२१ रनको विशाल योगफल खडा गरेको थियो । 

बेंगलुरुका ओपनर विराट कोहलीले ४२ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रनको योगदान गरे ।

यस्तै, जितेश शर्माले ४० रन थप्दा देवदत्त पडिकलले ३७ रन जोडे ।

मुम्बईका हार्दिक पन्ड्या र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए । विग्नेस पुथुरले एक विकेट हात पारे ।

जितपछि बेंगलुरुले चार खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro