site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्रिगेड र नयाँबस्तीले बराबरी गर्दै अंक बाँडे

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब र नयाँबस्ती युथ क्लबले बराबरी गर्दै अंक बाँडेका छन् । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा ब्रिगेड र नयाँबस्तीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको पहिलो हाफमा नै ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । नयाँबस्तीले भने दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेको हो ।

१८औँ मिनेटमा ब्रिगेडका विजय उर्नेले टोलीलाई अग्रता दिलाए । ६७औँ मिनेटमा मनीष गुरुङले एक आत्मघाती गोल उपहार दिएपछि नयाँबस्ती खेलमा फर्कियो । त्यसपछि निर्धारित समय र इन्जुरी समयसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा खेल टुंगियो ।

बराबरीबाट दुवै टोलीले समान एक अंक बटुलेको छ । योसँगै दुई जित, एक हार र एक बराबरीसहित चार खेलबाट नयाँबस्तीले सात अंक जोडेको छ । ब्रिगेडले भने एक जित, दुई पराजय र एक बराबरीबाट कुल चार खेलमा चार अंक बनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro