site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
झापा र काठमाडौंलाई एक–एक अंक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)–२०२५ को छैटौँ दिन झापा एफसी र काठमाडौं रेजर्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलका निकै कम अवसर सृजना गरे ।

छैटौँ मिनेटमा बार बाधकभन्दा काठमाडौंले अग्रताको अवसर गुमायो । अमादोउ डियोपको प्रहार बारमा लागेर फर्किनु नै काठमाडौंका निम्ति दुर्भाग्य बन्यो ।

दोस्रो हाफको पहिलो मिनेटमै झापाले गोलको अवसर बनाए पनि त्यसलाई काठमाडौंका गोलकिपरले विफल बनाए । झापाका आर्षिक लाजारले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहारलाई काठमाडौंका गोलकिपर अभिषेक बरालले पन्च गरी बाहिर फ्याकिदिए ।

इन्जुरी समयमा झापाको सुन्दर अवसरमा बार बाधक बन्यो । झापाका अरुण थापाले बक्सको लेफ्ट साइडबाट गरेको प्रहार बारमा लागेर बाहिरियो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा दुवै टिमले बराबरी नै खेलेका थिए । पहिलो खेलमा काठमाडौंले साविक विजेता समेत रहेको ललितपुर सिटी एफसीसँग २–२ को बराबरी खेलेको थियो । यता, झापा भने पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro