site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्लानिङ ब्वाइजको जितमा रुजनको निर्णायक गोल, अपराजित यात्रा कायमै

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा प्लानिङ ब्वाइजले अपराजित यात्रा कायम राख्दै लगातार चौथो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाइजले ब्वाइज युनियन क्लबविरुद्ध २–१ को जित निकाल्दै शतप्रतिशत जित यात्रा कायम राखेको हो ।

प्लानिङको जितमा प्रतापसिंह राई र रुजन न्यौपानेले गोल गरे । ब्वाइज युनियनका सञ्जीव लामाले गोल फर्काए पनि पराजयबाट टार्न सकेनन् । १२औँ मिनेटमा प्रतापले गोल गरेपछि प्लानिङले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ४७औँ मिनेटमा सन्जिवले गोल गर्दै ब्वाइज युनियनलाई खेलमा फर्काए । ५४औँ मिनेटमा रुजनले गोल गर्दा प्लानिङले पुनः २–१ को अग्रता बनाएको थियो । यसपछि थप गोल नहुँदा प्लानिङले लगातार चार जित पक्का गरेको हो ।

जिसँगै प्लानिङ ब्वाइजले चार खेलबाट १२ अंक बनाएको छ । पराजित ब्वाइज युनियनले भने चार खेलबाट तीन अंक मात्रै जोडेको छ । लिगमा ब्वाइज युनियनको यो पहिलो हार हो । यसअघि ब्वाइज युनियनले तीन खेलमै बराबरी खेलेको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro