site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरमा इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने
मिल्स कप इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । 

विराटनगर । चौथो संस्करणको मिल्स कप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । 

क्रिकेट खेलको विकास र प्रवर्द्धनका निम्ति प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

प्रतियोगितामा भारतका ६ र नेपालका ६ टिम गरी जम्मा  १२ टिमको सहभागिता रहने क्लबकी सचिव शान्ता श्रेष्ठले जानकारी दिएकी छिन् । 

प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाइपर फार्मेन्स क्रिकेट एकेडेमी पटना, प्रशान्त क्रिकेट क्लब जोगबनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकेडेमी फारबिजगन्जको टिम रहेको छ ।
 
स्वदेशका होराइजन क्रिकेट क्लब विराटनगर, सिरहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी, सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) नेपाल र वाईआरसीसी विराटनगर रहेको छ । 

प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार जोगबनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुनेछ । प्रतियोगिता नकाउट आधारमा हुने आयोजकले बताएको छ । 

यस वर्षको प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । 

गत वर्ष विजेतालाई नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेतालाई ७५ हजार रुपैयाँ रहेको थियो । आयोजकले यस वर्ष प्रतियोगिताको गरिमा र प्रतिस्पर्धा बढाउन पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । 

carket-3-1743598871.jpg
 

प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरी ३ हजार १ सय नगद पुरस्कारद्वारा सम्मानित गरिनेछ । 

त्यसैगरी, सम्पूर्ण प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ‘बेस्ट बलर’लाई जनही  १५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । 

यी व्यक्तिगत पुरस्कारहरूले खेलाडीहरूको प्रतिभा र क्षमतालाई थप प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

तेस्रो संस्करणको मिल्स कप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले उपाधि जितेको थियो । 

विगतका तीन संस्करणहरूमा देखिएको उत्साहजनक सहभागिता र प्रतिस्पर्धात्मक खेलहरूले यस प्रतियोगिताको लोकप्रियता र महत्त्व बढाउन सहयोग पु¥याएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले बताए । 

मिल्स कप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद कूटनीतिलाई सुदृढ बनाउनुका साथै स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने प्रतियोगिताका संयोजक तथा विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले बताए । 

‘यस प्रतियोगिताले नयाँ प्रतिभाहरूको पहिचान गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न र क्रिकेट खेलप्रति जनआकर्षण बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ,’ वडाध्यक्ष भुजेलले भने । 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro