site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईपीएल–२०२५ : पञ्जावको लगातार दोस्रो जित 

काठमाडौं । पञ्जाव किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित निकाल्ने क्रममा लखनउ सुपर जायन्टलाई आठ विकेटले हराएको छ । 

मंगलबार राति भएको खेलमा लखनउले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो ।  

पञ्जावको जितमा ओपनर प्रवसिमरान सिंहले ३४ बलमा ६९ रन बनाएका थिए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐयरले ३० बलमा अविजित ५२ रन बनाए । नेहाल वाधेराले ४३ रन थपे ।

लखनउका दिगभेस राठीले दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

लखनउका निकोलस पुरनले सर्वाधिक ४४, आयुष बादोनीले ४१, अब्दुस समादले २७ रनको योगदान गरेका थिए । पुरन र बादोनीले ४० बलमा ५४ रनको साझेदारी गरेका हुन् ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, लकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जान्सेन र युजवेन्द्र चहलले समान एक विकेट लिए ।  

जितसँगै पञ्जाव दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउ तीन खेलबाट दुई अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro