site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गोलरहित बराबरी खेल्दै झापा र बुटवलले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको दोस्रो खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापाले आधा दर्जनभन्दा धेरै अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा सीमित बने पनि झापाले त्यसको फाइदा उठाउन सकेन ।

अधिकांश समय झापाको दबाब खेपेको बुटवलले जब्बर रक्षापंक्तिबाट एक अंक खोस्न सफल भएको हो ।

खेलको ७०औँ मिनेटमा कप्तान एरिक बिष्टले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदान छोड्दा बुटवल लुम्बिनी १० खेलाडीमा सीमित बनेको थियो ।

‎यसअघि प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए ‌।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro