site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : पुलिसमाथि आर्मीको जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बिहीबार रूपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई चार विकेटले पराजित गरेको हो । पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा विवेककुमार यादवले सर्वाधिक ४१ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा १४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रनको योगदान दिए ।

अब शनिबार हुने फाइनलमा पनि यी दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro