site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले कोसी प्रदेशलाई पराजित गरेको छ ।

बुधबार रूपन्देहीको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कोसी प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । यससँगै एपीएफले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि लोकेश बमले सर्वाधिक ८४ रन बनाए । कप्तान रोहित पौडेलले ६१ रन बनाए ।

त्यसअघि पहिले व्याटिङ गरेको कोसीले ५० ओभर खेल्दै २५४ रन बनाएको थियो । कोसीका लागि शाकिव हकले सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पीएम कपको फाइनल खेल्ने पक्का भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro