site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाका पेड्री भन्छन्– बालन डी‘अर जित्नुभन्दा टोलीलाई ट्रफी दिलाउन चाहन्छु

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर पेड्रीले व्यक्तिगत उपलब्धिभन्दा टिमलाई ट्रफी दिलाउनु आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले बार्सिलोनाले च्याम्पियन लिगको उपाधि जितेमा मात्र आफू बालन डी‘अरका निम्ति योग्य रहने भएकाले टिमको उपलब्धिमा केन्द्रित रहेको बताएका हुन् ।

“म बालन डी‘अरभन्दा तेहेरो उपाधि उपाधि जित्न मन पराउँछु । यदि बालन डी‘अरको कुरा आउँछ भने योसँगै टिमको उपलब्धिलाई पनि लैजान चाहन्छु । मनोनीत हुनु सपना हो, तर उपाधि जित्नु अझ महत्त्वपूर्ण छ । हामी अहिले यस्तो स्थितिमा छौँ, जहाँ तीन खेल हारे तीन उपाधि जित्ने सम्भावना समाप्त हुन्छ,” उनले भने, “हामीले उत्कृष्ट नतिजा निकाल्न खेलहरूमा निरन्तर राम्रो प्रदर्शन गरिरहनुपर्छ । म रियालविरुद्धको च्याम्पियन लिग फाइनल हुँदा खुसी हुनेछु । हामी कुनै पनि टिमदेखि डराउन हुँदैन ।”

बार्सिलोना पछिल्लो १८ खेलयता अपराजित छ । प्रशिक्षक हेन्सी फ्लिकको प्रशिक्षणमा लयमा देखिएको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, च्याम्पियन्स लिगको क्वार्टरफाइनल र कोपा डेल रेको सेमिफाइनलमा छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro