site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : एपीएफको छैटौँ जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ । सोमबार  भएको खेलमा कप्तान रोहित पौडेल र पूरन विकेको शतकीय साझेदारीसँगै एपीएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । एपीएफको यो छैटौँ जित हो ।

जितको लागि २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि पूरनले ७२ रन बनाए भने कप्तान रोहितले  ७१ रन बनाए । त्यस्तै, आशिफ सेखले १८ रन, लोकेश बम र सन्दीप जोराले २१–२१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका राजेन्द्र बमले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा आठ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ६३ रन, मृनाल गुरूङले ५५ रन बनाए ।

एपीएफका अमर राउटेला र अभिषेकले समान तीन र मौसम ढकालले दुई विकेट लिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro