site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय टिमको जर्सीका निम्ति प्रायोजक खोज्दै क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टिमको जर्सीका निम्ति प्रायोजकको खोजी सुरु गरेको छ । राष्ट्रिय पुरुष टिमको जर्सी प्रायोजनका निम्ति क्यानले सोमबार (चैत ११) दरखास्त आह्वान गरेको हो ।

राष्ट्रिय टिमको जर्सीका निम्ति कुनै संस्था वा कम्पनीले एक वर्षको कम्तीमा दुई करोड रुपैयाँ प्रायोजन गर्नुपर्छ । तीन वर्षको अवधि रहने गरी हुने उक्त सम्झौताअनुसार वार्षिक १० प्रतिशत प्रायोजन रकम बढ्ने क्यानले जनाएको छ ।

क्यानले बोलपत्रको समयावधि अप्रिल ११ सम्म राखेको छ । बोलपत्र आह्वानमा सहभागी हुने कम्पनीले ३० हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro