site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेन्नाईको जितमा रचिन र गाइकवाडको अर्धशतक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नाई सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार घरेलु मैदानमा चेन्नाईले मुम्बई इन्डियनविरुद्ध चार विकेटको जित निकालेको हो ।

मुम्बईले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्य चेन्नाईले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चेन्नाईको जितमा रचिन रवीन्द्र र कप्तान रितुराज गाइकवाडले अर्धशतकीय इनिङ खेले । रवीन्द्रले ४५ बलमा दुई चौका र चार छक्कासहित ६५ रन बनाए । कप्तान गाइकवाडले २६ बलमा ६ चौका र तीन छक्कासहित ५३ रन थपे । रवीन्द्र जडेजाले १७ रन बनाए । 

मुम्बईका विग्नेश पुथुरले तीन विकेट लिए पनि टिमको हार टार्न सकेनन् । दीपक चहर र विल ज्याकले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ३१ रन बनाए । कप्तान सूर्यकुमार यादवले २९, दीपक चरहले २८, नमन धुरले १७ र र्‍यान रिकेलटोनले १३ रन जोडे ।

चेन्नाईका नुर अहमेदले चार विकेट लिए । खलिल अहमेदले तीन, रवीचन्द्रन आश्विन र नाथन इल्सले समान एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro