site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हैदराबादको विजयी सुरुआत, किसनको शतक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित निकालेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा हैदराबादले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए पनि टिमको हार टार्न सकेनन् । सञ्जु सामसनले ६६ रन थपे । यस्तै, सिम्रन हेटमायरले ४२, सुभम दुवेले ३४ र नितिश रानाले ११ रन जोडे ।

हैदराबादका सिम्रनजित सिंह र हर्षल पटेलले समान दुई विकेट लिए । एडम जाम्पा र मोहम्मद सामीले एक–एक विकेट लिए ।

त्यसअघि इशान किसनले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।

हैदराबादबाट किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । योसँगै किसन जारी सिजनमा शतक बनाउने पहिलो ब्याटर बने ।

ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन थपे । हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन थपे ।

हैदराबादबाट दोहोरो अंकमा रन बनाएका सबै ब्याटरको स्ट्राइक रेट २०० भन्दा भाथि रह्यो । राजस्थानविरुद्ध हैदराबादका ब्याटरले कुल ३४ चौका र १२ छक्का प्रहार गरे ।

राजस्थानका तुसार देशपाण्डेले तीन विकेट लिए । महिस थिक्षणाले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट हात पारे ।

आईपीएलको इतिहासमा यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि, गत सिजन हैदराबादले नै रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २८७ रन बनाउँदै सबैभन्दा ठूलो योगफलको कीर्तिमान बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro