site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कपमा पुलिसको अपराजित यात्रा कायमै, वाग्मतीविरुद्ध सहज जित

काठमाडौं । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राख्दै वाग्माती प्रदेशविरुद्ध सहज जित निकालेको छ । बिहीबार एक्सट्राटेक ओभलमा सम्पन्न खेलमा पुलिसले वाग्मतीलाई ९३ रनले पराजित गरेको हो ।

पुलिसलले प्रस्तुत गरेको २९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वाग्मती ४५.२ ओभरमा २०४ रन बनाएर अल आउट भयो ।

वाग्मतीका इशान पाण्डेले सर्वाधिक ७० रन बनाए पनि टिमको हार टार्न सकेनन् । ९८ बलमा उनले ६ चौका प्रहार गरे ।

शुभ कंशकारले ३६ रन प्रहार गरे । विपीन आचार्यको नाममा २० रन रहयो । सूर्य तामाङले १७ रन बनाए । आशुतोष घरैयाले १२ रन जोड्दा रिजन ढकालले १० रन जोडे ।

पुलिसका ललित राजवंशीले सर्वाधिक चार विकेट दिलाए । कुशल भूर्तेलले तीन विकेट लिए । करण केसीले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

पुलिसका कुशलले सर्वाधिक ८८ रन बनाए । ९८ बल खेलेका उनले ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन जोडे । अमित श्रेष्ठले ४८ रन र आरिफ सेखले ३८, गुल्सन झाले १६, दिलिप ढकालले १० रन बनाए ।

बलिङतर्फ वाग्मतीका प्रतीश जिसीले तीन विकेट लिए । रिजन ढकाल, इशान पाण्डे, सूर्य तामाङ, सकर गजुरेल र विपीन कार्कीले समान एक–एक विकेट लिए ।

जितसँगै अपराजित रहेको लिग लिडर पुलिसले सात खेलबाट १४ अंक जोडेको छ ।  तालिकाको आठौँ स्थानमा रहेको वाग्मतीले ६ खेलबाट चार अंक जोडेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro