site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारु पुरस्कार दिँदै बीसीसीआई

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफी–२०२५ विजेता राष्ट्रिय टोलीलाई ५८ करोड भारतीय रुपैयाँ पुरस्कार दिने भएको छ ।

पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना भएको प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताको च्याम्पियन बनेको भारतीय टोलीले आईसीसीबाट २.२४ मिलियन डलर पुरस्कार पाएको थियो । उपविजेतामा चित्त बुझाएको न्युजिल्यान्डले १.१२ मिलियन डलर पुरस्कार पाएको थियो ।

“रोहित शर्माको नेतृत्वमा भारतले प्रतियोगिताभर दबदबा कायम राख्दै फाइनलमा सहज जित निकाल्यो,” बीसीसीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, बार्बाडोसमा गत वर्ष भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा पनि बीसीसीआईले टोलीलाई नगदसहित सम्मान गरेको थियो । ट्वान्टी–२० विश्व च्याम्पियन बन्दा बीसीसीआईले टोलीलाई १२५ करोड भारुसहित सम्मान गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro