site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हासिल गरेको छ ।

बुधबार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै पुलिस क्लबले लगातार छैटौँ जित निकालेको हो । जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।   पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव २ ओभरमा ९२ रनमा अल आउट भएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिएका थिए ।

त्यस्तै, बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ५ विकेटको जित निकालेको छ । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । 

सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले सर्वाधिक ४३ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro