site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सागका स्वर्ण विजेता करातेका विप्लवलालले लिए सन्न्यास, संघले बेवास्ता गरेको गुनासो 

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) १३औँ संस्करणमा करातेतर्फ स्वर्णपदक जितेका विप्लवलाल श्रेष्ठले खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।

विप्लवलालले बुधबार एक पत्रकार सम्मेलनमार्फत खेल करियरबाट सन्न्यास लिने घोषणा गरेका हुन् । सन्न्यास घोषणा कार्यक्रममा उनले आफूलाई नेपाल कराते महासंघले बेवास्ता गरेको कारण देखाए । 

“मैले राम्रो प्रदर्शन गर्दागर्दै पनि महासंघ र अध्यक्षले बेवास्ता गरे । विभिन्न प्रतियोगितामा मेरो नाम नै राखिएन । मलाई अहिले नै सन्न्यास लिने मन थिएन र मेरो उमेरअनुसार पनि यो सन्न्यास लिने समय होइन । तर, उहाँहरूको व्यवहारले मलाई यो खेलमा बस्न सहज बनाएको छैन,” उनले भने ।

उनले सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमै भएको साग गेममा करातेतर्फ स्वर्णपदक जितेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro