site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : वाग्मतीमाथि लुम्बिनी ४८ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई पराजित गरेको छ ।

आइतबार दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले वाग्मतीलाई ४८ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको वाग्मती २२.५ ओभरमा ६७ रनमा समेटियो । 

वाग्मतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२.४ ओभरमा ११५ रनको योगफलमा समेटिएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३ रन जोडे ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro