site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गण्डकीविरुद्ध कोसीको सानदार जित, विपीन महतोले लिए ६ विकेट 

काठमाडौं । प्रधानमन्त्री कपमा गण्डकी प्रदेशविरुद्ध कोसी प्रदेशले नौ विकेटको सहज जित निकालेको छ । आइतबार भैरहवामा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ३२ रनको झिनो लक्ष्य कोसीले ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

कोसीको जितमा ओपनर साकिब हकले १६ र चिराग साहले १० रन थपे । सोनु अन्सारी दुई रनमा अविजित रहे । 

गण्डकीका सुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको गण्डकीले २०.४ ओभरमा ३१ रनमात्रै बनाउँदा सबै विकेट गुमाएको थियो । यो जारी प्रतियोगिताको सबैभन्दा कमजोर योगफल हो ।

कोसीका बलरसामु निरीह देखिएका गण्डकीबाट कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । गण्डकीका अर्जुन कुमालले सर्वाधिक नौ रन बनाए । गण्डकीका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

गण्डकीलाई सस्तैमा समेट्न कोसीका विपीन महतोले ६ विकेट लिए । आठ ओभर बलिङ गरेका विपीनले तीन मेडन फ्याँक्दै १७ रन खर्चिए । फिर्दोश अन्सारीले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका फिर्दोसले पाँच मेडन फ्याँक्दै १० रनमात्र खर्चिए । यस्तै, दीपेश कँडेलको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा कोसीको यो पहिलो जित हो । जितसँगै पाँच खेल खेलेको कोसीले दुई अंक जोडेको छ । यता, गण्डकीले पनि चार खेलबाट दुई अंकमात्रै जोडेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro