site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घाइते नेइमारले विश्वकप छनोट नखेल्ने

साओ पाउलो । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जाँघको चोटका कारण सन् २०२६ को विश्वकप फुटबलका निम्ति मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका छन् ।

नेइमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका थिए । तर, फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए ।

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमा सन् २०२३ को अक्टोबरमा उनले अन्तिमपटक देशको प्रतिनिधित्व गरेका थिए । ब्राजिलका निम्ति उनले ७९ गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता समेत हुन् ।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ । त्यसको पाँच दिनपछि ब्युनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।

३३ वर्षीय नेइमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका निम्ति खाता खोलेका थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro