site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बी डिभिजन लिग : टुसाल र मध्यपुरले बराबरी खेले

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसाल र मध्यपुरले १–१ को बराबरी खेलेका हुन् । 

खेलको ४१औँ मिनेटमा सन्तोष गोंबाले गोल गर्दै मध्यपुरलाई अग्रतामा राखेका थिए । तर ६६औँ मिनेटमा विनोद नेम्वाङले गोल गर्दै टुसाललाई खेलमा फर्काए । यसपछि दुवै टिमबाट गोल नहुँदा खेल बराबरीमा टुंगिएको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro