site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
गणेश थापा (दायाँ) र किरण राई (बायाँ) ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध मुद्दा दायर गरेका छन् । मंगलबार (फागुन २७) उनले राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

पूर्वअध्यक्ष थापाले यसअघि नै महासचिव राईले एक अन्तर्वार्तामा आफूविरुद्ध झुटा र तथ्यहीन आरोप लगाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । उक्त अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएका जनाइएको छ ।

थापाले आफूमाथिका आरोप प्रमाणित भए कानुनानुसार कारबाही भोग्न तयार रहेको जनाएका छन् । आरोप प्रमाणित नभए राईलाई कारबाही गर्नुपर्ने उनले अदालतमा दायर रिटमा माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro