site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहितको स्पष्टीकरण– एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजना छैन

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास नलिने स्पष्ट पारेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेपछि भारतीय कप्तान रोहितले भविष्यका निम्ति आफ्नो कुनै विशेष योजना नरहेको बताएका हुन् ।

“म यो संरचनाबाट सन्न्यास लिने छैन । आगामी दिनमा यसबारे कुनै अफवाह नचलोस् भनेर अहिले नै यो बताएको हुँ,” रोहितले फाइनलमा जितपछि पत्रकारसँगको कुराकानीमा भने ।

रोहितकै कप्तानीमा सन् २०२४ को ट्वान्टी–२० विश्वकपको उपाधि जितेको भारतले आइतबार न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

फाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro