site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त : न्युजिल्यान्डले भारतलाई दियो २५२ रनको लक्ष्य 

काठमाडौं । डार्यल मिचेल र माइकल ब्रासवेलको अर्धशतकप्रेरित न्युजिल्यान्डले आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतविरुद्ध २५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५१ रनको योगफल खडा गरेको हो ।

न्युजिल्यान्ड डार्यल मिचेलले सर्वाधिक ६३ रन बनाए । उनले १०१ बलमा तीन चौका प्रहार गरे । ब्रासवेलले ४० बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए । ओपनर रचिन्द्र रविन्द्रले २९ बलमा चार चौका र एक छक्कासहित ३७ रन थपे । 

ग्लेन फिलिप्सले ३४, विल योङले १५ र टम लाथमले १४ रन जोडे । 

भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले समान दुई विकेट लिए । मोहमद सामी र रविन्द्र जाडेजाको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । यता, न्युजिल्यान्डले भने अन्तिम–४ मा दक्षिण अफ्रिकाको चुनौती ५० रनको जित निकाल्दै पन्छाएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro