site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर, यस्तो छ खेल तालिका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का निम्ति वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो ।

यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ ।

यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए ।

famg-1741423179.jpg
आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ ।

महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी–२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।

यसैगरी, घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने क्यानले जनाएको छ ।

क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ‘ग्रेडिङ’ छिटै सार्वजनिक गर्ने जानकारी दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro