site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुरुष टिमबाट खेल्दै इतिहास बनाएकी जापानी फुटबलरले लिइन् सन्न्यास 

काठमाडौं । जापानको महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर युकी नागासाताले सन्न्यास लिएकी छन् । मंगलबार जापानिज स्ट्राइकर नागासाताले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फुटबलबाट सन्न्यास लिने घोषणा गरेकी हुन् ।

“मैले फुटबल खेलेदेखि मेरो जीवन परिवर्तन भएको छ । मैले ३० वर्ष चुनौती मोलेर हरेक हार र जित फुटबलमा समर्पण गरेँ,” उनले इन्स्टाग्राममा लेखेकी छन्, “राष्ट्रिय टोलीको यात्रा सजिलो थिएन । तर, पनि त्यसको हरेक क्षणले अर्थ बाकेको थियो । खेलबाट सन्न्यास लिने निर्णय सजिलो थिएन । तर, म अब के हुन्छ भनेर जिज्ञासु छु ।”

सन् २०२० मा पुरुष टिमबाट खेल्दै नागासाताले महिला फुटबलमा इतिहास बनाएकी थिइन् । उनले २०२० मा जापानकै दोस्रो श्रेणीको क्लब हायाबुसा एलेभेनको पुरुष टिमबाट लोनमा खेलेकी थिइन् ।

“मैले महिलाहरू पनि पुरुषको टोलीमा खेल्न सक्छन् भनेर देखाउन सक्छु भनेर सोचेको थिएँ,” उनले भनिन्, “म लिंग र रङको आधारमा हस्तक्षेप नहुने समाज निर्माण गर्न चाहन्छु ।”

जापानलाई सन २०११ मा महिला विश्वकपका उपाधि दिलाएकी नागासातोले  सन् २०१० मा जर्मनीको टर्बाइन पोटस्डोमबाट महिला च्याम्पियन्स लिगको उपाधिसमेत जितेकी थिइन् । 

सन २०१२ को ओलम्पिकमा रजत पदक विजेतासमेत रहेकी उनले जापानको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छिन् । उनले जापानबाट १३२ खेल खेल्दा ५८ गोल गरेकी छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro