site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङमा न्युजिल्यान्ड

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार पाकिस्तानको लाहोरमा हुने खेलका निम्ति भएको टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनगरले फिल्डिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङमा निम्त्याए ।

दक्षिण अफ्रिका समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा आएको हो । न्युजिल्यान्ड समूह ‘ए’को उपविजेता बन्दै अन्तिम–४ मा आएको हो ।

प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ । दक्षिण अफ्रिका समूह चरणका दुई खेलमा विजयी भएको थियो । दक्षिण अफ्रिकाको एक खेल वर्षा कारण रद्द भएको थियो । समूह चरणमा न्युजिल्यान्डले दुई खेलमा जित निकाल्दा एकमा हार सामना गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro