site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियलसँग सम्झौता नवीकरण भिनिसियसको चाहना

काठमाडौं । ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले रियल मड्रिडसँग  सम्भौता नवीकरण गर्ने चाहना व्यक्त गरेका छन् । भिनिसियसले मड्रिडमा आफू सन्तुष्ट रहेको जनाउँदै सकेसम्म सम्झौता चाँडो नवीकरण गर्ने बताएका हुन् ।

च्याम्पियन लिगअन्तर्गत अन्तिम १६ मा एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “म धेरै संयमित छु । मेरो सम्झौता २०२७ सम्म लम्बिनेछ र म सकेसम्म चाँडो नवीकरण गर्न चाहन्छु, किनभने म यहाँ खुसी छु ।”

भिनिसियसले थपे, “म उत्कृष्ट खेलाडी, उत्कृष्ट कोच र उत्कृष्ट अध्यक्षसँग खेल्ने सपना साकार गर्दै छु । यहाँ सबैले मलाई धेरै माया गर्छन् ।”

उनले भने, “मैले उपाधि जितिसकेको छु, तर मैले धेरै उपाधि जित्न सक्छु र क्लबको इतिहास बनाउँछु । त्यो अलिक जटिल छ, किनभने क्बलमा धेरै लेजेन्डहरू आइसकेका छन् र म पनि उनीहरू जस्तै बन्न चाहन्छु ।”

अघिल्लो महिना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रियल र भिनिसियस सम्झौता नवीकरण गर्न सहमत भएको र त्यो कार्य अन्तिम चरणमा पुगेको जनाइएको थियो ।

फिफा मेन्स प्लेयर अफ दी इयर २०२४ को विजेता समेत रहेका भिनिसियसले रियलबाट खेल्ने आफ्नो बाल्यकालदेखिको सपना रहेको समेत बताए ।

उनले रियलका निम्ति १०२ गोल गरिसकेका छन् । रियल आइतबार रियल बेटिससँग २–१ ले पराजित भएको थियो । त्यो उनले खेलेको ३००औँ खेल थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro