site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहज जितसँगै शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं । क्याटालन जायन्ट बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियाल सोसिडाडविरुद्ध ४–० को सहज जित निकाल्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो ।

बार्सिलोनाको जितमा गेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउहो र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको हो । 

खेलको २५औँ मिनेटमा मार्टिनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि नै कासाडोले घरेलु टिमको अग्रता दोब्बर बनाए । ५६औँ मिनेटमा अराउहोको गोलमा बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, ६०औँ मिनेटमा लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोनाले ४–० को सहज जित पक्का गरेको हो ।

जितसँगै २६ खेलबाट ५७ अंक जोड्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनालाई पछ्याइरहेका एट्लेटिको र रियाल मड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । एट्लेटिकोले ५६ अंक जोड्दा रियालको ५४ अंक छ । 

तालिकाको नवौँ स्थानमा रहेको सोसिडाडले भने २६ खेलबाट ३४ अंक जोडेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro