site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डलाई हराउँदै भारत बन्यो समूह विजेता

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह 'ए' अन्तर्गतको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराएको छ ।

जितसँगै भारत समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । न्युजिल्यान्ड भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । यसअघि न्युजिल्यान्डले बंगलादेश र पाकिस्तानलाई हराएको थियो ।

आइतबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाउँदै २५० रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २०५ रनमा समेटिएपछि भारतले ४४ रनको जित निकाल्यो ।

भारतका लागि वरुण चक्रवर्तीले कसिलो बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुलदीप यादवले २, हार्दिक पाण्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

ब्याटिङमा न्युजिल्यान्डका लागि केन विलियम्सनले सर्वाधिक ८१ रन बनाउँदा  मिचेल सान्टनेरले २८ तथा विल यौङले २२ रन जोडे । यस्तै ड्यारेल मिचेलले १७, टम लेथमले १४ र ग्लेन फिलिप्सले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले  निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ७९ रन बनाए । उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अक्षर पटेलले ६१ बलमा ४२ रन जोडे ।

हार्दिक पाण्ड्याले ४५ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

केएल राहुलले २३ रन बनाए भने रवीन्द्र जडेजाले १६ रन जोडे । कप्तान रोहित शर्मा १५ रन तथा विराट कोहली ११ रन बनाएर पभेलियन फर्किए । शुभमन गिलले २ रन मात्र बनाउन सके ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ८ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कायल जेमिसन, विल ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले १–१ विकेट हात पारे ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro