site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप सुरु

काठमाडौं। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औँ राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले शुक्रबार एक विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको आयोजना नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघले महोत्तरीको गौशालामा आयोजना गरेर त्यहाँका स्थानीयलाई खेलकुदमा लाग्न यो प्रतियोगिताले भूमिका खेल्ने नगर प्रमुख महतोले विश्वास व्यक्त गरे ।

प्रतियोगितामा देशभरका ७ प्रदेशका महिला र पुरुष खेलाडीहरू सहभागी छन् । प्रतियोगितामा सातवटा प्रदेशका तीन सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपमा कुल १४ स्पर्धा समावेश गरिएको छ जसमा पुरुषतर्फ आठ र महिलातर्फ छ समूहका खेल समावेश छन् ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा क्वार्टरफाइनलसम्मका खेल सम्पन्न भइसकेको आयोजक नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले जानकारी दिए । 

प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनल खेलहरू खेलाइनेछ । प्रतियोगिताका विजेता खेलाडीले नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताले नेपालमा कराँते खेलको प्रवर्द्धन गर्नुका साथै युवा खेलाडीहरूको प्रतिभा निखार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको वाग्मती बुदोकैदो संघका अध्यक्ष प्रेम शाहले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro