site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माउरिन्होलाई कारबाही, चार खेलमा प्रतिबन्ध

काठमाडौं । फेनेरबाचेका मुख्य प्रशिक्षक जोजे माउरिन्होलाई टर्किस फुटबल संघले कारबाही गरेको छ । 

बिहीबार टर्किस फुटबल संघले मुख्य प्रशिक्षक माउरिन्होलाई चार खेलका लागि निलम्बन र ४४ हजार डलर जरिवाना तिराउने निर्णय गरेको हो ।

टर्किस फुटबल संघले माउरिन्होले टर्किस रेफ्रीविरुद्ध आपत्तिजनक र अपमानजनक अभिव्यक्ति दिएका कारण जरिवाना तिराएको जनाएको छ । 

टिएफएफले माउरिनेको अभिव्यक्तिले खेलको नैतिक आचरण उल्लंघन गरेको, हिसांलाई प्रोत्साहन गरेको र दर्शकलाई उक्साएको बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro