site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल आउन लागेका बुफोनले भने– त्यहीँ भेटौँला

काठमाडौं । इटालियन लेजेन्ड जियानलुइजी बुफोनले नेपाली फुटबल समर्थकलाई केपी ओली कपमा भेट्ने बताएका छन् । शुक्रबार (आज) बुफोनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यस्तो बताएका हुन् ।

आउँदो मार्चको पहिलो साता केपी ओली कपको फाइनलमा आफू प्रमुख अतिथिका रूपमा नेपाल आउन लागेको उनले उल्लेख गरेका छन् । बुफोनले भिडियोमा भनेका छन्, “नमस्ते सबैजनालाई, म जियानलुइजी बुफोन । म मार्चको पहिलो साता नेपालमा केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा आउँदै छु । त्यहीँ भेटौँला ।”

राष्ट्रिय युवा संघको आयोजनामा जारी केपी ओली कपको फाइनल यही फागुन १९ गते हुने तय छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलमा बुफोन प्रमुख अतिथि र चर्चित गायक कुमा सागरको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro