site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेल्जियमको टिममा फर्किन तयार छन् थिबाउट कोर्टुवा

काठमाडौं । बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले आफू राष्ट्रिय टिममा फर्किन तयार रहेको बताएका छन् ।

कोर्टुवाले आफू राष्ट्रिय टिममा फर्किन तयार रहेको र आगामी महिना पुनरागमन गर्न सक्ने बताएका हुन् ।

यसअघि उनले पूर्वमुख्य प्रशिक्षक डोमेनिको टेडेस्को टोलीमा रही खेल्न इन्कार गरेका थिए । तर, हाल टेडेस्को बर्खास्त भइसकेका कारण कोर्टुवालाई राष्ट्रिय टिममा आवद्ध हुने बाटो खुलेको हो ।

उनले इंग्ल्यान्डका पूर्वखेलाडी रियो फर्डिनान्डलाई भनेका छन्, “मैले राष्ट्रिय टिमलाई धेरै मिस गरे । तर, अब म टिममा फर्कन तयार छु ।”

यसअघि अघिल्लो महिना बेल्जियमका नव–नियुत्त प्रशिक्षक रुडी गार्सियाले कोर्टुवालाई राष्ट्रिय टोलीमा फर्काउन उत्सुक रहेको बताएका थिए । कोर्टुवाले  प्रशिक्षक गार्सियासँग पनि संवाद गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

उनले २०२३ को जुनदेखि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । बेल्जियमले युक्रेनसँग आगामी महिना नेसन्स लिगको प्ले अफ खेल्ने तालिका छ । योसँगै उक्त खेलमा कोर्टुवा फर्किने सम्भावना उच्च बनेको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro