site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा

काठमाडौं । विभागीय टोली एपीएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा ढकेलिएको थियो । पीएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । संकटा पहिलो खेलमा बाई पाउदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro