site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारत सेमिफाइनलनजिक, पाकिस्तानको सम्भावना कमजोर

काठमाडौं । समूह चरणको आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्दी भारतसँग ६ विकेटको हार बेहोरेपछि आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना कमजोर बनेको छ ।

आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको २४२ रनको लक्ष्य भारतले ४५ बल बाँकी छदै ६ विकेट गुमाएर पूरा गरेको हो । यो जितसँगै समूह ‘ए’ बाट भारतले भने सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

भारतको जितमा विराट कोहलीले शतकीय इनिङ खेले । विराटले १११ बलमा सात चौका प्रहार गरे । यस्तै, श्रेयस ऐयरले ६७ बलमा पाँच चौका र एक छक्कासहित ५६ रन थपे । सुभमन गिलले ४६ रन जोड्दा ओपनर तथा कप्तान रोहित शर्माले २० रन जोडे ।

भारतविरुद्ध पाकिस्तानका साहिन साह अफ्रिदीले दुई विकेट लिए । अब्रार अहमेद र खुसदील साहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४१ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका साउद साकिलले सर्वाधिक ६२ रन बनाए । यस्तै, कप्तान मोहमद रिजवानले ४६, खुसदील साहले २८, बाबर आजमले २३ र सल्मान आघाले १९ रन थपे ।

भारतका कुलदीप यादवले तीन विकेट लिए । हार्दिक पन्ड्याले दुई विकेट लिँदा हर्षित राना र रवीन्द्र जडेजाले समान एक विकेट लिए ।

यो जितसँगै दुई खेलबाट चार अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन पाकिस्तान भने तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro