site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भद्रपुर झापा गोल्डकप : बंगलादेशको काउर्न बजार सेमिफाइनलमा

काठमाडौं । बंगलादेशको काउर्न बजार प्रगति संघ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा आइतबार भएको तेस्रो क्वाटरफाइनलमा न्युरोड टिम (एनआरटी)लाई २–० गोल अन्तरले पराजित गर्दै उक्त टोलीले अन्तिम चारमा स्थान बनाएको हो । काउर्न बजारका लागि खेलको २४औँ मिनेटमा साइदले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । लगत्तै खेलको २६औँ मिनेटमा सोही टोलीका एस सिल्लाहले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हापमा कुनै टोलीले गोल गर्न सकेन्न ।

खेलको सुरुआतमा केही गोल गर्ने अवसर पाएर पनि चुकेपछि न्युरोड जारी गोल्डकपबाट बाहिरिएको छ । काउर्न बजार बंगलादेशले यही फागुन १३ गते आयोजक भद्रपुर ब्लेजर्ससँग पहिलो सेमिफाइनल खेल्नेछ । आजको खेलको प्लेयर अफ द म्याच काउर्न बजारका एस सिल्लाह भए । उनले ट्रफीसहित नगद २१ हजार प्राप्त गरे ।

सोमबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली एपीएफ एपसी र ट्रान्सपोर्ट युनाइटेड भुटानबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेताले नगद सात लाख प्राप्त गर्नेछन ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro